प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन् ।
महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेन र प्रथम महिला जिल वाइडेनले न्युयोर्कमा स्वागत समारोह गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले वाइडेनसँग भेटवार्ता गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १२:००
प्रतिक्रिया दिनुहोस्