NRN
उच्च अदालतका दुई मुख्य न्यायाधीश सर्वोच्चको न्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतको न्यायधीशमा उच्च अदालतका दुईजना न्यायाधीश सिफारिस भएका छन् । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

न्याय परिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मख्य न्यायाधीश नित्यानन्द पान्डेलाई सिफारिस गरेको हो ।

सर्वोच्च अदालतमा हाल ४ जना न्यायाधीश दरबन्दी रिक्त छ । अर्को साता प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पनि अवकाश पाउँदैछन् ।

निरौला २०७७ माघ १२ गते मुख्य न्यायाधीश नियुक्त भएका थिए । पाण्डे गत मंसिर ६ गते मुख्य न्यायाधीश नियुक्त भएका हुन् । मुख्य न्यायाधीशको वरीयतामा छैटौँ नम्बरमा रहेका पाण्डे सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका हुन् । 

सिफारिस भएका पाण्डे उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update