एएफसी यू-२० एसिया कप छनोटमा नेपालको तेस्रो हार
एएफसी यू-२० एसिया कप छनोटअन्तर्गत समूह ‘बी’ मा नेपाल आफ्नो अन्तिम खेलमा पनि पराजित भएको छ ।
शुक्रबार चाइनिज ताइपेईमा शुक्रबार दिउँसो भएको खेलमा नेपाललाई बहराइनले ४-० गोलले पराजित गरेको हो ।
छनोटमा नेपालले खेलेका ४ खेलमा ३ हार र एक जितको नतिजा निकाल्दै बाहिरिएको छ ।
नेपालले घरेलु टोलीलाई ३-१ गोलले हराएको थियो भने अन्य दुई खेलमा कम्बोडियासँग ४-१ र उज्वेकिस्तानसँग ६-० गोलले पराजित भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १६:१०
प्रतिक्रिया दिनुहोस्