NRN
आजदेखि दशैँका लागि सुकिला नोटको वितरण

आजदेखि सर्वसाधारणले दसैँका लागि नेपाल राष्ट्र बैंकको कार्यलय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यलयबाट सुकिला नोट साट्न सक्नेछन् । राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो । 

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि केन्द्रीय बैंकले साना दरको १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने जनाएको छ।

दशैंमा नयाँ नोट वितरण गर्दा चाँडै पुरानो हुने भएकोले पनि केन्द्रीय बैंकले नयाँ नोटको सट्टामा पुरानै नोट वितरण गर्न लागेको हो । आजदेखि सटही हुने नोट भने कम्तीमा एकपटक बजारमा पुगेर फर्किसकेको हुनेछ ।

बैंकमा साना दरका सुकिला नोट नै पर्याप्त रहेको भन्दै केन्द्रीय बैंकले यो दशैंमा सुकिला नोटको सटही गर्ने भएको हो । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ । ठूला दरका नोट पनि सुकिला नोट नै बैंकले बजारमा पठाउने भएको छ ।

गत वर्ष साटिएका नयाँ नोट राष्ट्र बैंकमा नै फिर्ता आएको थियो । सोही नोट यो दशैंमा बैंकले सटही गर्न लागेको हो।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update