- राजन घिमिरे
नेपाली संस्कृति र परम्परा एक विशेष हिस्सा दशैं तिहारको अवसरमा हालै रिलिज भएको नयाँ गीत सम्झना गाउँघरकोले लाखौं नेपाली संगीतप्रेमीहरूको ध्यान खिचेको छ। “सम्झना गाउँघरको…..बोलको गीतलाई बरिष्ठ गीतकार रमेश बि .जी ले लेखेका हुन भने गायक अमृत बरालले लय सिर्जना गरेका हुन् । यस गीतमा अहिलेकी भाइरल एवं चर्चित गायिका रञ्जीता विश्वकर्मा र चर्चित गायक अमृत बरालले स्वर भरेका छन्।
गितमा देश छोडेर परदेशिएका नेपालीहरूको चाडबाडको बेलामा उत्पन्न हुने मनोभावलाई प्रष्ट रूपमा वकालत गरिएको छ। यो गीतमा दीपक कार्की यूटुब च्यानलमा मार्फत विश्व बजारमा आइसकेको छ । उक्त गीतको संगीत संयोजन महेशविक्रम पाण्डेले गरेका हुन्। अस्ट्रेलियाका केही सहर र नेपालका केही सहरहरूमा खिचिएका राम्रा र रमाईला दृश्यहरूद्रारा भिडियो निर्माण गरिएको छ । भिडियोमा निर्देशन र कोरियोग्राफी मदन खड्काको रहेको छ ।
गायक अमृत बराल भन्छन -‘ म यो गीतमा काम गरेर निकै उत्साहित छु र म आशा गर्दछु कि दर्शकहरुले यसलाई औधी रुचाउने छन्।रिलिजको केही घण्टामै यो गीतले यूटुब लगायत सामाजिक मिडिया प्ल्याटफर्महरूमा थुप्रै भ्युज र सेयरहरू पाएको छ। प्रशंसकहरूले गीतको मर्म र दृश्यहरूलाई उल्लेख गर्दै सोसल मिडियामा सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्-‘ बराल दंग छन ।दशैँ र तिहारको समयमा नयाँ विशेषता ल्याउने यस गीतले आगामी चाडपर्वको माहौलमा पनि रंगिनता भर्ने अपेक्षा गरिएको छ ।