NRN
सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि

साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो । 

आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल ३१९ कम्पनीको ९७ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि केही दिनको कारोबार रकम ४ अर्बभन्दा बढी थियो ।   

आज २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो । आज सीईडीबी जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, कुमारी सबल योजना, यूनाइटेडलगायत कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ । 

आजको बृद्धिले भने नेप्सेमा सकारात्मक सञ्चार गराएको छ । समग्रमा सोमबार बनेको नेप्से क्यान्डलले आगामी दिनमा पनि थप बढ्ने संकेत गर्दछ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update