मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रूपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ ११:३०
प्रतिक्रिया दिनुहोस्