अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोलीले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्ने
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका पार्टी नेताहरूले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने भएका छन् ।
पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोलीले नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्ने भएका हुन् ।
पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोली दिउँसो सवा २ बजे नक्खु पुग्नेछ भने भक्तपुरको हनुमन्तेमा साढे तीन बजे पुग्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जान लागेका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १२:१७
प्रतिक्रिया दिनुहोस्