मेडिकल व्यवसायी प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।
प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
प्रहरीको साइबर ब्युरोले उनलाई ९ दिनअघि भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ १६:५२
प्रतिक्रिया दिनुहोस्