NRN
बुधबार बढ्यो सुन–चाँदीको मूल्य

महासंघका अनुसार आज (बुधबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य यसदिन प्रतितोला आठ सय रूपैयाँ बढेको हो ।मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भएको थियो । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update