NRN
इरानको इसराइलमाथि मिसाइल आक्रमण

इरानले इसराइलमाथि मिसाइल आक्रमण गरेको छ । मंगलबार इरानले इसराइली भूभागमा १८० वटाभन्दा बढी ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरेको हो ।

यो वर्ष इजरायलमा इरानको दोस्रो आक्रमण हो । अप्रिलमा पनि इरानले इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । 

मंगलबार साँझ स्थानीय समयमा अनुसार पौने ८ बजे जेरूसेलम, तेल अविभलगातका मुख्य सहरहरूका आकासमा मिसाइलहरू देखिएपछि लगातार साइरनको आवाज आइरहेको थियो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आक्रमणबाट हताहती भएको विवरण सार्वजनिक नभइसकेको बताएका छन् ।

इसराइलको प्रतिरक्षा प्रणाली यति बलियो छ कि इसराइली आकाशमा देखिने मिसाइलहरूलाई त्यहाँको प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिन्छ।

यद्यपि मंगलबार एकैचोटी ठूलो संख्यामा मिसाइल आक्रणम हुँदा केही मिसाइल जमिनमा पनि खसेको भनिएको छ । त्यसले गरेको यकिन क्षति भने सार्वजनिक भइसकेको छैन । 

इरानले इसराइललको कब्जामा रहेको वेस्ट ब्यांक, इसराइलको मध्य र दक्षिणी भूभागमा लक्षित गरी आक्रमण गरेको बताइएको छ । आक्रण इसराइलको सैनिक किल्लाहरूमा लक्षित रहेको पनि बताएको छ।

इसराइलमा आक्रमण गर्ने इरानको कदमलाई हमासले प्रशंसा गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update