प्रकाशमान सिंह राउत प्रधान न्यायाधीशमा नियुक्त
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ आजै दिउँसो साढे १ बजे हुँदैछ ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
राउतको कार्यकाल प्रधानन्यायाधीशका रूपमा २०८२ चैतसम्म रहनेछ ।
असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो । राउत सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशह हुन् ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ ११:३७
प्रतिक्रिया दिनुहोस्