NRN
नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गरायो दुई करोड रूपैयाँ

नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ उपलब्ध गराएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त चेक हस्तान्तरण गरेको हो ।

पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन् ।

प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका थिए । कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि उनले आग्रह गरेका छन् । 

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । 

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update