- राजन घिमिरे
उत्कृष्ट र पारंगत नृत्यका लागि शुभद्रा पोखरेल पुरानो नाम हो । नेपाली कलाकारिता बिधामा यिनको लगाब र निरन्तरता सांच्चै स्याबासी दिन लायकको रहेको छ ।
नृत्य र अभिनय बिधामा लामो समयदेखी लागि पर्दै आएकी शुभद्राले म्यूजिक भिडियोमा मात्र काम गरेकी छैनन । चलचित्रहरूमा पनि उनको उपस्थिति र आबद्दता राम्रै छ -‘ म नृत्य र अभिनय बिधालाई निरन्तर रूपमा एकसाथ अगाडि बढाउंने योजना र तयारीमा छु -‘ शुभद्राले भनिन् ।
आजको समयमा सिनेमामा काम गर्नी पुस्ताले नृत्य सिक्नु पर्ने र जान्नु पर्ने तर्क उनी पेश गर्छिन र भन्छिन -‘ नृत्य त आज अनिबार्य नै भैसक्यो । चलचित्रमा होस या स्टेज कार्यक्रम नै किन नहोस , नृत्य जान्नै पर्छ -‘ उनको अनुभब छ ।
शुभद्राले चलचित्र दाग बत्ती र नाता रगत लगाएतका चलचित्रहरूमा काम गरिन भने भगबान भन्ने चलचित्रमा आइटम डान्समा पनि नृत्य प्रस्तुत गरिसकेकी छन । यो बाहेक उनको उत्कृष्ट नृत्य धेरै म्यूजिक भिडियोहरूमा हेर्न सकिन्छ। गीतको शब्दले मागेको भाबमा नृत्य प्रस्तुत गर्न सक्नु नै शुभद्रा पोखरेलले बिशेषता र क्षमता मानिएको छ ।