इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलखानी ड्याम मुनि सिमखोलामा बनाएको डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या भएको छ ।
सिमखोलामा बनाएको डाइभर्सन भासिँदा कुलेखानी फाखेल महालक्ष्मी र कुलेखानी सिस्नेरी दक्षिणकाली दुवैतर्फका सवारी आवागमन पुनः अवरुद्ध भएको हो ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय तह, नेपाली सेना र प्रहरीको सक्रियतामा सिमखोला, महालक्ष्मी र सिस्नेरीमा मा डाइभर्सन निर्माण गरी आइतबार अपराह्नबाट सवारी आवागमन खुलाइएको थियो ।
पाँच दिन लगाएर कुलेखानी स्थित सिमखोल, महालक्ष्मी खोला र सिस्नेरी खोलाले बगाएको बाटोको विकल्पमा डाइभर्सन बनाएर यातायात सुचारु गरिएको थियो ।
डाइभर्सनमा फिलिङ गरिएको माटो भासिएको र नयाँ माटो फिलिङ्ग गरिँदै गरिएकोले अबको २ घण्टाभित्र सवारी आवागमन सुचारु हुने छ ।