मंगलबार घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, सोमबार प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्