NRN
अझै चलिरहेको छ करिश्माको जादू 
  • राजन घिमिरे 

   अकबरी सुन आफैंमा शानदार र गुणवान हुन्छ, यसमा कसी लगाइरहनु पर्दैन । घाम पूर्वबाट उदाउँछ, यो तथ्य कहिले मिथ्या सावित हुन सक्छ र ? यस्ता धेरै अकाट्य सत्य वा यथार्थहरू छन् जसलाई कुनै ब्याख्या–विश्लेषण र दाबीको आवश्यकता पर्दैन ।

नेपाली सिनेमाकी अभिनेत्री करिश्मा मानन्धर पनि एक यस्तो उदाहरण वा प्रतीक हुन्, जसले चर्चा र प्रशंसाका लागि झुठ, नक्कल, तड़कभडक र अफवाहको लठ्टी कहिल्यै टेक्नु परेन । 

उनको जिबनमा पनि उतार चढाब नआएका होइनन, जे जस्तो अबस्था वा परिस्थिति आएका पनि करिशमाले आफ्नो बिधा र क्षेत्रलाई त्यागिनन्

    पहिलो चलचित्र ‘सन्तान’देखि आजसम्मको गीत र चलचित्रमा करिश्माको शानदार उपस्थिति र ‘अदा’मा कतै कमजोरी देखिएको छ त ? बरू उनको छोरीको उमेरका नवप्रवेशीहरूको काममा ‘तलमाथि’ देखिन्छ । तर करिश्माको  उपस्थितिमा त्यस्तो कहिले पनि भएन बरू,सिनेमामा  रौनकता थपिदिने गरेको छ । त्यसैले त भन्ने गरिन्छ, – ‘वल्ड इज गोल्ड.., अझै जादुमय छ करिश्माको करिश्मा …!’

जसले सयौं भन्दा बढी नेपाली चलचित्रमा काम गरिन्, जोबिना कुनै समय चलचित्र निर्माणको कल्पना पनि गर्न सक्दैनथे निर्माताहरू, उनको समय कुरेर बस्दथे, करिश्माले खेलेपछि लगानी सुरक्षित हुने कुराप्रति विश्वस्त हुन्थे निर्माता । जसले नेपाली सिनेमाको एउटा युगको प्रतिनिधित्व गरिन्, देश होस या बिदेश , जहां रहेता पनि ति नेपाली दर्शकहरूको  मन र सोचमा बस्न सफल अभिनेत्री हुन करिश्मा मानन्धर । 
 
    उनको जिबनमा पनि उतार चढाब नआएका होइनन, जे जस्तो अबस्था वा परिस्थिति आएका पनि करिशमाले आफ्नो बिधा र क्षेत्रलाई त्यागिनन् । आज उनको यही सक्रियता र निरन्तरतानै करिश्मालाई तीन पुस्तासम्म शानदार परिचय बनाउंन सफल कडि साबित भएको छ । 

   कलाकारिताको नाममा उल्टासुल्टा हर्कत गरेर आफ्नो अस्तित्व दर्शाउन खोज्ने प्रवृत्ति आज मात्र नभइ पहिलेदेखि नै चलिआएको छ । आफ्नै छवि धुमिल्याएर या साख गिराएर पनि चर्चामा रहन खोज्ने प्रवृत्ति धेरै कलाकर्मीमा देखिन्छ । तर, यसरी सस्तो चर्चाको साथ कहिल्यै चाहिएन करिश्मालाई । कलाफाँटमा तीन दशकभन्दा लामो समय बितिसक्दा पनि करिशमाको व्यक्तित्वको चर्चा र उनको प्रतिभा-क्षमताको तारिफमा कमी आएको छैन । चलचित्र ‘ सन्तान ’मा पहिलो पटक क्यामेरा ‘फेस’ गरेकी करिश्माले पहिलो चलचित्रबाटै चर्चा, सफलता र सम्मान हात पारेकी थिइन् । आफू लागेको बिधाप्रतिको मोह,निरन्तरता अनि समर्पण कस्तो हुन्छ भन्ने पक्षको आजका पुस्ताले करिश्माबाट अनुशरण गर्न सकेमा उनिहरूका लागि फलदायी नै हुन्छ भन्ने कुरा उल्लेख गर्न धक मानिरहनु पर्दैन…

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update