NRN
सुपर ओभरमा विजयी हुँदै अन्तिम खेल अघिनै नेपालले जित्यो टी-२० सिरिज

नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो ।

सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २-० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोली प्रतिस्पर्धा गर्ने छ ।

यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी-२० खेलमा १७ रनको जित निकालेको थियो । दोस्रो टी-२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा अमेरिकाले पनि १ सय ७० रननै बनाएपछि खेल सुपर ओभरम पुगेको थियो । डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

नेपालका लागि अनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि बएका भुर्तेल ४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे । त्यस्ते गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २-२ विकेट लिए ।

१ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रननै बनायो । अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए ।

थप दोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए । नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update