NRN
मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै

सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।

आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा छ ।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवासहित गृहमन्त्री रमेश लेखकलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।  

मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update