नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । गत बुधबारदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो ।
अघिल्लो दिन अर्थात सोमबार प्रतितोला एक लाख ६५ हजार छ सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६५ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन सय रूपैयाँ बढी हो ।
यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।