अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै ‘विप्लव’ नेतृत्व पार्टीको विरोध
अमेरिकाले अन्तर्राष्ट्रियस्तरमा धार्मिक सञ्जाल खडा गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विरोध गरेको छ ।
सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले मंगलबार विज्ञप्ति जारी गर्दै अमेरिकाको उक्त कदमको विरोध गरेका हुन् ।
सीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ नामक सञ्जाल बनाएको उल्लेख छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१ १३:५३
प्रतिक्रिया दिनुहोस्