नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । गत बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता दिएको हो ।
लगातार सातौँ दिन पनि सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।
मंगलबार प्रतितोला १ लाख ६५ हजार ९०० रुपैयाँ कायम भएको सुन सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।