NRN
रास्वपालाई विश्वप्रकाशको सुझाव-दुई-चार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न सुझाव दिएका छन् । 

बुधबार सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको झहसाई नगर्न सुझाव दिएका हुन् ।

उनले उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जग हँसाई नगरौँ।’ 

उनले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कार्वाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया शुरुभएपछि राजनैतिक प्रतिशोध’ भन्नू संसदीय समिति र संसदकै अपमान भएको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । तर रास्वपाका नेता तथा कार्यकर्ताले झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै लगातार सडक सङ्घर्षमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update