NRN
लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बर्दियाका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीको शपथ लिएका हुन् ।

शपथ लिएका मध्य तिमिल्सिना र कलवार नेपाली कांग्रेस र अग्रवाल जनता समाजवादी पार्टीबाट हुन् ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले बिहीवार बिहान उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण गराइएको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update