लगातार सात दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । गत साताको बुधबारदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य यस दिन सामान्य घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार ९५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।