सत्तारूढ दलको बैठक आज दिउँसो बस्दै
सत्तारूढ दलको बैठक आज दिउँसो बस्दैछ ।
सत्तारूढ दलको बैठक आज दिउँसो बस्दैछ । बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल हुने छ ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन् ।
सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् । जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्