NRN
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैँया २४ पैसा र बिक्रीदर १३४ रुपैँया ८४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १४४ रुपैँया ९१ पैसा र बिक्रीदर १४५ रुपैँया ५६ पैसा कायम गरिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैँया  १० र बिक्रीदर १७४ रुपैँया  ७८ पैसामा कारोबार भइरहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसामा कारोबार भइरहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसामा कारोबार भइरहेको छ भने  साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैँया ९३ पैसा र बिक्रीदर ३१ रुपैँया ७ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा तोकेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update