राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रद्द
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नजाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको समितिमा जाने कार्यक्रम रद्द भएको जानकारी दिएको छ ।
अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ १२:०४
प्रतिक्रिया दिनुहोस्