नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने
नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने भएको छ । टक्सार महाशाखाले मंगलबार बिहान ११ बजेदेखि एक दिन मात्रै सुनको २.५ ग्रामको सुनको असर्फी बिक्री गर्नेछ ।
नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का मेडालियन गत आइतबारबाट नै विक्री गरिरहेको छ । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री भइरहेको छ ।
लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका सिक्काको मूल्य २ हजार २ सय रहेको छ । गाई मेडालियन १० ग्रामको २ हजार २ सय तथा २५ ग्रामको ५ हजार ५ सय रहेको छ ।
नेपाल राष्ट्र बैंकलेका सूचना अधिकारी डिलिराम पोखरेलले तिहारको लागि चाँदीका सिक्काहरू आइतबारबाट नै विक्री सुरु भएको तथा चाँदीको सिक्कामा ग्राहकको आकर्षण रहेको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्