परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन
परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन भएकी छन् ।
बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मतिले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो । उनी पहिलो महिला परराष्ट्र सचिव छिन् । उनको कार्यकाल केही महिना बाँकी थियो ।
उनलाई समितिले अनुमोदन गर्नुअघि नेपाली कांग्रेसका सांसद ज्ञानबहादुर कार्कीले देशको हितमा काम गर्न सक्नुहुन्छ भनेर प्रश्न सोधेका थिए ।
गत भदौ महिनामा बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो ।लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन् ।
कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ ११:३४
प्रतिक्रिया दिनुहोस्