नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।
महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार सात सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार दुई सय रूपैयाँ बढी हो ।
यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय २० रूपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।