एकैदिन प्रतितोला २ हजार ८०० रुपैयाँले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
तिहार अघिको कारोबार अर्थात् कात्तिक १५ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज प्रतितोला २ हजार ८०० रुपैयाँ घटेको हो ।
कात्तिक १५ गते (तिहारअघि तोकिएको अन्तिम मूल्य) प्रतितोला एक लाख ७१ हजार रहेको थियो । त्यसयता सोही मूल्यमा कारोबार भएको थियो । महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।
कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ ११:४२
प्रतिक्रिया दिनुहोस्