NRN
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रविलाई अदालतमा उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

तिहार बिदाकै बेलामा म्याद सकिएकाले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले उनीहरूलाई अदालतमा उपस्थित गराइएको हो ।

उनीसहित छविलाल जोशी, जीवी राईसँग जोडिएका लीला पछाइ र नेचर हर्ब्सका रामबहादुर खनाललाई पनि अदालत उपस्थित गराएको हो ।

कात्तिक २ गते काठमाडौं पक्राउ परेको रविलाई तेस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update