कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तामाथि अश्रुग्यास प्रहार
कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ ।
मंगलबार मध्यान्हमा पोखरा महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोज्दा भीडलाई तितरबितर पार्नका लागि चार सेल अश्रुग्यास प्रहार गरिएको हो ।
रास्वपा सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशी लगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।
त्यही क्रममा रास्वपा कार्यकर्ताहरूले रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गरेको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १३:२४
प्रतिक्रिया दिनुहोस्