त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका तीन चिनियाँ नागरिक सुनसहित पक्राउ परेका हुन् ।
उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करीब ५ किलो ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा झियानझोङ र म्यानमारका साट नेइङ टुन र एइ एनगोन फू रहेका छन् ।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।