नेपाली बजारमा बुधबार पनि सुनको मूल्य सामान्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ ।
मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्