एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
बुधबार प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ ११:३६
प्रतिक्रिया दिनुहोस्