NRN
काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द

काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने जनाएको हो ।

योसँगै कात्तिक २३ गतेदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका साधन रोकिनेछ । 

यो अवधिमा नागढुंगा नौबिसे हुँदै धार्के र टोखा छहरे, विदुर, गल्छी हुँदै जाने मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।

नागरिक स्तरबाट सडक स्तरोन्नतिको माग बढेपछि सरकारले उक्त सडकको काठमाडौँतर्फ पाँच किलोमिटर सडक विस्तार सुरु गरिसकको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update