नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ ।
भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।
भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द हुनेछ ।
जसअनुसार काठमाडौं–नारिताको राति ११ः५० को उडान ९ः१५ बजे सारेको छ भने ११ बजेको काठमाडौं–दोहाको उडान ९ः३० मा हुने तय भएको एयरलाइन्सले जनाएको छ ।
त्यसैगरी, काठमाडौं–दुबईको राति ११:१५ को उडान परिवर्तन गरेर ९:३५ मा तय गरिएको छ ।
यससँगै अन्तर्राष्ट्रिय गन्तव्यबाट काठमाडौं अवतरण हुने समय पनि परिवर्तन भएको छ । यसअघि नारिताबाट उडेको नेपाल एयरलाइन्स राति ११:२५ मा काठमाडौंमा अवतरण हुन्थ्यो । अब ९:२५ मा आइपुग्नेछ ।