NRN
नेकपा (माओवादी केन्द्र)ले आइतबार पदाधिकारी बैठक बस्ने

नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । 

बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । साथै बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुनेछ । 

आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update