म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप म्यादका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।
रविलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को सहयोगमा सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबारको अनुसन्धान गरिरहेको छ ।
राष्ट्रिय स्वतन्त्त पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआईजी छविराज जोशी, लीला पछाईं र रामकुमार खनालसँगै मेयर नेपालीलाई आज कास्की जिल्ला अदालत उपस्थित गराइने प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ ११:२०
प्रतिक्रिया दिनुहोस्