नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।
आज दिउँसो बस्ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताको कारण देखाउँदै अन्तिम समयमा स्थगन गरिएको हो ।
अध्यक्ष दाहाल आज मकवानपुरको कार्यक्रममा सहभागी भएका छन् ।
आज स्थगित गरिएको बैठक भोलि बिहान ८ बजे अध्यक्ष दाहाल निवास खुमलटारमा बिहान बस्ने बताइएको छ ।
बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १३:४४
प्रतिक्रिया दिनुहोस्