NRN
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पत्रकार सम्मेलन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पत्रकार सम्मेलन स्थगित भएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो २ बजेको लागि राखिएको पत्रकार सम्मेलन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । 

पत्रकार सम्मेलनमार्फत रास्वपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नुका साथै पार्टीको गतिविधिबारे जानकारी गराउन लागेको थियो । 

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ ।

यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update