NRN
एकैदिन प्रतितोला दुई हजार दुई सय रूपैयाँले घट्यो, तोलाको कति ?

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य घटेको छ ।

गत आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा बिहीबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, बुधबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २५ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update