एकीकृत समाजवादीका सम्मानीत नेता खनाल र कोरियाली राजदूत ताइयोङबीच भेटवार्ता
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता भएको छ । खनाल र राजदूत ताइयोङबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको हो ।
भेटका क्रममा पूर्व प्रधानमन्त्री खनालले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरियाबिचको सम्बन्धमा अझै विकास हुने विश्वास व्यक्त गरेको खनालको सचिवालयले जनाएको छ ।
राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेष गरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।
भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ ११:५५
प्रतिक्रिया दिनुहोस्