NRN
विश्वकै वायु प्रदूषित सहरमध्ये काठमाडौँ छैटौँ स्थानमा

राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।

स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यू एयरको मापनअनुसार काठमाडौँको एक्यूआई १ ७० रहेको छ ।  हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ ।

भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।

तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update