सभापति बिना रास्वपाले संसदीय दलको अनौपचारिक बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक सांसदहरु छलफल गर्न लागेका हुन् ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा साढे १ बजेबाट सुरु हुनेछ । दलको बैठक आह्वान गरिए पनि रास्वपाले एजेण्डा भने सार्वजनिक गरेको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सभापति तथा संसदीय दलका नेता रवि लामिछाने सहकारीको बचत अपचलन प्रकरणमा २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १२:२९
प्रतिक्रिया दिनुहोस्