प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएपछि संसदीय समितिले बैठक आह्वान गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक मंसिर २ गते आइतबार सिंहदरबार स्थित समितिको सभाकक्षमा बस्ने गरी बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल गर्नेगरी कार्यसूची तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणालाई समेत बोलाउने समितिको तयारी छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर) गते चीनको राजधानी बेइजिङ जान लागेका हुन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१ १३:१९
प्रतिक्रिया दिनुहोस्