आज सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य सामान्य बढेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो ।
बिहीबार प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, यसदिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ ११:३१
प्रतिक्रिया दिनुहोस्