आज (शुक्रबार) देखि नेपालको बिजुली बंगलादेश निर्यात सुरू
आज (शुक्रबार) देखि नेपालले बंगलादेशमा बिजुली निर्यात सुरू गरेको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बांङ्लादेश निर्यात हुन थालेको हो ।
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरू गरेका हुन् ।
भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएकाे हाे । उद्घाटनसँगै विद्युत आज रातिदेखि बंगलादेश निर्यात हुनेछ ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बांङ्लादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१ १३:५३
प्रतिक्रिया दिनुहोस्